मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु
काठमाडौं । कोशी राजमार्ग अन्तगर्त विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ।
गएाति विराटनगर–३ बरगाछी चोक नजिक उनी सवार बा.प्र.०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको हो।
रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पु¥याएको थियो । तर, उपचारकै क्रममा आज बिहान ४ बजे खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
