महिला विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ।
क्यानले बिहीबार २७ सदस्यीय महिला क्रिकेट प्रारम्भिक टोलीको सूची सार्वजनिक गरेको हो । जसमा इन्दु बर्मा, राजमती ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवि पोडार, पूजा महतो रहेका छन्।
त्यस्तै कविता कुवँर, रुविना क्षेत्री, सना प्रविन, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिमना केसी, अनु कठायत, काजोल श्रेष्ठ, किरण कुवँर, अस्मिता कर्माचार्य, ममता चौधरी छन्।
यो प्रारम्भिक टोलीले भोलि ९शुक्रबार०देखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण लिने छ । छनोट प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा हुनेछ।
