एनपीएलमा आज सुदूरपश्चिमसँग विराटनगर तथा चितवन र पोखरा भिड्दै
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछ। आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच बिहान सवा ११ बजेदेखि खेल हुदैछ। सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन्।
दूरपश्चिम शिर्ष स्थानमा रहेको छ र पहिलो क्वालिफायर खेल्ने छ भने विराटनगर हाल तेस्रो स्थानमा रहेको छ। आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्ने अवसर रहेको छ।
त्यस्तै आज दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दिउसो ४ बजेदेखि खेल हुने छ। चितवन र पोखरा दुवै प्लेअफको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन।
