निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचन लक्षित वाचापत्र निर्माणको तयारी तीव्र पारेको छ । यसका लागि उपसभापति डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले आज ९शनिवार० पार्टीका सबै तह र संयन्त्रबाट सुझाव सङ्कलन गर्दै छ।

प्रवक्ता मनिष झाका अनुसार साँझ भर्चुअल माध्यम (जुम) मार्फत व्यापक छलफल गरिनेछ। कार्यदलमा डा। वाग्लेसहित डा।अरनिको पाँडे, डा।नन्दन यादव र क्रान्तिशिखा धिताल सदस्य छन्। सँगै पार्टीले समग्र निर्वाचन तयारीलाई व्यवस्थित बनाएको छ।

अधिवेशन, सङ्गठन विस्तार,समानुपातिकतर्फ उम्मेदवारी आह्वान, अनलाइन प्रशिक्षण, जिल्ला भेला तथा पूर्व उम्मेदवारहरूसँग छलफललाई तीव्रता दिइएको छ।

उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी बनाउन अडिट समितिले काम थालेको छ भने राजनीतिक अध्ययन, निर्वाचन रणनीति र सञ्चारमाध्यम अध्ययन कार्यदलहरूले नीति निर्माणदेखि रणनीति तयारीसम्मको जिम्मेवारी सम्हालेका छन्। प्रचारप्रसारलाई पनि थप प्रभावकारी बनाइएको रास्वपाले जनाएको छ।