नबिल बैंकले सेयरधनीलाई १२.५० प्रतिशत लाभांश दिने
काठमाडौं । नबिल बैंकले लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। नविलको अहिले २७ अर्ब ५ करोड चुक्ता पुँजी छ।
