वैदेशिक रोजगार विभागबाट १३ विचौलिया पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगार विभाग, ताहाचलबाट १३ जना विचौलियालाई पक्राउ गरेको छ।
अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार, वैदेशिक रोजगारमा ठगिएका पीडितहरू न्यायका लागि विभाग पुगेका बेला विचौलियाहरूले घेराबन्दी गरी बार्गेनिङ गर्ने गरेका थिए।
सेवाग्राहीलाई दुस्ख-हैरानी दिइ बिचौलिया प्रयोग गर्न बाध्य बनाउने, साथै पक्राउ पुर्जी जारी गरिदिने र वैदेशिक रोजगार मुद्दा समाधान गरिदिने” जस्ता झुट्ठा प्रलोभन देखाउँदै मोलमोलाइ गर्ने प्रवृत्ति पनि प्रहरीले फेला पारेको छ।
पक्राउ परेकाले वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितलाई झुक्याउने काम गर्दै आएको आरोप छ। प्रहरीले सोही समूहका अन्य संलग्नलाई पनि निगरानीमा राखेको बताएको छ।
