सुनचाँदीको मूल्य बढ्यो,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
सुनको मूल्य यसअघिको उच्चतम रेकर्ड नजिक पुगेको छ। असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार पुगेको रेकर्ड छ।
चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ। शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो।
