एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ हो: महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन्।

एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महाचिव पोखरेलले जेनजीको प्रदर्शनपछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफुहरु राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए ।

महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र भइरहेको दाबि गर्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले सामाजिक अराजकताको अन्त्य गर्दै एमालेले निर्णायक शक्तिको रुपमा भूमिका खेल्ने बताए ।

महासचिव पोखरेलले पार्टीले युवाहरुलाई अगाडी बढाउने बताउदै भने ‘यो महाधिवेशनमा हामिले नवयुवाहरुलाई नेपालको राजनीतिको आधार स्तम्भको रुपमा अगाडी बढाउने प्रयास गरिसकेका छौं र बन्दसत्रबाट यसलाई सुनिस्चित गर्दैछौं ।