काठमाडौं–४ मा राप्रपाबाट भिम सेन मैनाली चुनाब लड्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार सिफारिस गरेको छ। पार्टीको क्षेत्रीय कमिटीले जेनजी नेतृ अनिता विमलीसहित आठ जनाको नाम सिफारिस गरेको हो।
सिफारिस सूचीमा राप्रपा युवक संगठनकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी अनिता विमलीका साथै भिम सेन मैनाली, भुवन पाठक, डा.ठाकुर मोहन श्रेष्ठ, चम्पा अधिकारी, पुण्य प्रसाद श्रेष्ठ, विशाल गुरुङ र दीपक प्रसाद चौलागाईं रहेका छन्।
पार्टीका अनुसार संगठन सुदृढीकरण, जनआधार विस्तार तथा वैचारिक प्रतिबद्धताका आधारमा उम्मेदवार सिफारिस गरिएको हो। विशेषगरी युवापुस्ताको प्रतिनिधित्व, अनुभवी नेतृत्व र पेशागत विविधतालाई ध्यानमा राख्दै नाम छनोट गरिएको राप्रपाले जनाएको छ
