ओलीप्रति रविको कटाक्ष: उनले लगाएको गुन तिर्न अदालत धाउँदै छु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै उनले लगाएको गुन तिर्न अदालत धाइरहेको बताएका छन्।
ओलीले एक टिभी कार्यक्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति दिएपछि आज लामिछानेले काठमाडौँ जिल्ला अदालतमा तारेख लिएर फर्किँदा पत्रकारहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘केपी ओलीले गुन लगाएको भन्नु भएको छ। त्यही गुन तिर्न अदालत धाइरहेको छु। सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्ने छ, म आज यहाँ आएँ अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु। विष शरीरभरि बाँकी छ।
