बालेन जहाँबाट उठेपनि हराउँछौँ: हर्क साम्पाङ

काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाह जहाँबाट चुनाव लडेपनि हराउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले बालेनलाई चुनावमा हराउने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ! जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !

बालेन र रवि लामिछानेबीच एकता भएपछि उनी सामाजिक सञ्जालमा आक्रामक बन्दै हरेक दिन आलोचना गरिरहेका छन्। साम्पाङले दिनमा सय भन्दा पोष्ट गर्दै बालेन र रवि लामिछानेसहित कुलमान घिसिङलाई निशाना बनाउँदै आएका छन्। एक पोष्टमा उनले भनेका छन्,कुलमान, रवि र बालेन यी तिनै जना एमसीसी पक्षधर हुन् ! नभए लु एमसीसीको विरोध गरेर देखाउन् त !देश बेचुवाहरू !