तोलामा ४६ सयले बढ्यो सुन ?

काठमाडौं। साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ४ हजार ६०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी,सोमबार चाँदी तोलामा १८५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार प्रतितोला चाँदी ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।