मेरा लागि खाल्डो खन्नेहरू त्यही पुरिन्छन्: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठुला दलका शीर्ष नेताहरूप्रति तीव्र कटाक्ष गरेका छन्।

पार्टीको वृहत् राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका हुन्।

उनले शीर्ष नेताहरूतर्फ लक्षित गर्दै रिस र व्यङ्ग्य मिसाएर भने,’मलाई मात्र साढे ६ फिटको खाल्डो खन्ने हो भनेर भनेका थिए होला, तर अब तपाईँहरूलाई पनि यति ठूलो खाल्डो खन्नैपर्ने भयो-नखनी सुखै छैन जस्तो छ!

‘पुराना राजनीतिक दलहरू परिवर्तनलाई स्वीकार गर्न अप्ठ्यारो परेको देखिएको छु। उहाँहरूलाई म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। आफ्नो असक्षमतालाई स्विकार्नोस्। मूलक अत्यन्तै जर्जर अवस्थामा पुगिसकेको छ। कुशासनको चपेटामा परेर मुलुकलाई यो अवस्थामा पुर्‍याउनुभयो। थप जोडबल नगर्नोस्। योभन्दा बढ्ता प्रतिगमनको समपना नदेख्नोस्’, उनले भने, अपदस्तको पराकाष्ठा भइसकेको छ। योभन्दा पर नजानोस्। निर्वाचनमा मुलुकलाई सहज रूपमा जान दिनोस्। फेरि चलखेल नगर्नोस्। हात लम्काउने चम्काउने नगर्नोस्। निर्वाचनमा जनताले मत जायर गर्छन्। हामीले नयाँ इतिहास रच्नुछ।

देशले पाएको पटक पटकको अवसरलाई केही अवसरवादीले खतम पारेका लामिछानेले आरोप लगाए । जनतालाई साक्षी राखेर आफूहरूले मुलुकलाई अगाडि बढाउने उनले प्रतिबद्धता जनाए।