दुई संसदीय समितिको बैठक आज
काठमाडौं। राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक मंगलबार बस्दैछ।
बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यतालिका छ।
दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा हुने सचिवालयले जनाएको छ।
