कांग्रेसको बैठक दिउँसो १ बजेलाई सर्यो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई घण्टा पर सरेको छ। बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान प्रेस नोट जारी गर्दै बैठक दुई घण्टा पर सारिएको जानकारी दिएका छन्।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई आमन्त्रण गरिएको छ।
