महामन्त्रीद्वय पार्टी निर्णय विपरीत चल्न मिल्दैन: एनपी साउद
काठमाडौं। नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले वैशाखमा पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको रहेको बताए।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर अघि बढ्ने गरी गतिविधिलाई तीव्रतासाथ अघि बढाएपछि संस्थापन पक्षका नेता साउदले यस्तो टिप्पणी गरेका हुन्।
मंगलवार पार्टी मख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले केन्द्रीय कार्य सम्पादन समिति बैठकले वैशाखमा पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरेकाले सो निर्णयलाई कार्यान्वयनमा लैजाने मुख्य जिम्मेवारी महामन्त्रीद्वय थापा र शर्माको पनि भएकाले उनहरुले सो जिम्मेवारी पूरा गर्ने दायित्वबाट पछि हटन नमिल्ने दावी समेत गरे।
नेता साउदले पार्टीको विशेष महाधिवेशनको औचित्य नभएको पनि दोहोर्याए।
