आज पौष २३ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष-विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय हो । आज तपाईंको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा अल्छीपन छाउन सक्छ । ठूला हानी त नहोला तर काममा बाधा पुर्‍याउने व्यक्तिहरूका कारण अपेक्षित प्रगति नहुन सक्छ । जागिरमा पनि समस्या देखा पर्न सक्छ ।

वृष-परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा लिन सकिनेछ । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ अवसर प्राप्त हुने योग छ । पढाइमा भने मन नलाग्न सक्छ । आज सोचेजस्तै काम पूरा हुन सक्छ । साथै पाहुनाको आगमनको पनि योग रहेको छ ।

मिथुन-विभिन्न उपहार प्राप्त हुनुका साथै आय आर्जन पनि राम्रो हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय हो । प्रायः सबै कामहरू बन्नेछन् र काममा सहयोग प्राप्त हुनेछ । आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । भोज भतेरमा सहभागी भई ठूला व्यक्तिको विश्वास जित्न सकिनेछ ।

कर्कट-स्वास्थ्यमा कमजोरी अनुभव हुन सक्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ । वैदेशिक कार्यमा असफल भई दुःख पाउने योग छ । भाग्यले साथ नदिने र धनहानि हुने सम्भावना छ । विवाद बढ्न सक्छ, सामाजिक मर्यादामा संकट आउन सक्छ । काममा अवरोध र मनमा चिन्ता बढ्ने योग छ ।

सिंह-परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन तथा धन प्राप्त हुने दिन हो । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकका नातेदारको सहयोग प्राप्त हुनेछ । धन सम्पत्ति र अन्नको लाभ हुने दिन छ ।

कन्या-आज तपाईंलाई अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभूति मिल्नेछ । धन कमाउने नयाँ बाटोको सुरुआत हुने दिन हो । सोचेजस्तै काममा सफलता मिल्नेछ । धन लाभको योगका साथै दिन खुशीपूर्वक बित्नेछ । परिवारमा पनि सुखद वातावरण बन्नेछ।

तुला-हाँसखेल, भ्रमण र मनोरञ्जनमा दिन बित्नेछ । रमणीय तथा सुखद यात्राको योग छ । आज टाढाको यात्रा हुन सक्छ । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको अवसर मिल्नेछ । पुराना साथीहरूसँगको भेटघाटले मन हर्षित बनाउनेछ ।

वृश्चिक-खर्च बढ्ने र आर्थिक अभाव देखिन सक्छ । भौतिक साधनमा क्षति हुन सक्ने भएकाले सतर्क रहनुहोला । दैनिक प्रयोगका सामान बिग्रँदा अर्थहानि हुन सक्छ । स्वास्थ्य कमजोर रहन सक्छ र काममा सफलता पाउन गाह्रो पर्ला । सामान्य रोगव्याधिले पनि सताउन सक्छ ।

धनु-नसोचेका आफन्तसँग भेटघाट हुँदा मन प्रफुल्ल हुनेछ । तर सोचेजस्तो काम भने सम्पन्न नहुन सक्छ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । अरूको काम धेरै गर्नुपर्ने अवस्था आउन सक्छ, तर त्यस अनुसारको प्रतिफल भने कमै मिल्ने देखिन्छ ।

मकर-आवश्यक तथा उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार देखिनेछ । पढाइमा सफलता मिल्ने दिन हो । नयाँ काममा ध्यान दिए मान सम्मान प्राप्त हुनेछ ।

कुम्भ-नयाँ काम सम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ । व्यापार व्यवसायबाट पनि लाभ मिल्ने योग छ । आज काम गर्न मन लाग्ने भएकाले मनमा खुशी रहनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । बौद्धिक कार्यबाट थोरै भएपनि लाभ मिल्नेछ । तर व्यवसायिक काम बीचमै अवरुद्ध हुन सक्छ ।

मीन-स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । चोट पटकको डर रहेकाले हात हतियार तथा जोखिमपूर्ण कामबाट जोगिनुहोला । छर छिमेकसँग सामान्य मनमुटाव हुन सक्छ । कुरा काट्नेहरूको संख्या बढ्ने देखिन्छ । ठूला व्यक्तिबाट आलोचना हुन सक्छ र कसैसँग बादविवादको सम्भावना पनि छ ।