काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो

काठमाडौं । आज (शुक्रबार)बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । बिहान ५ः४५ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो ।

यो सुरुवाती मापन मात्र हो । आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ । त्यतिबेला काठमाडौंको न्यूनतम तापक्रम अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ ।

हिजो बिहीबार पनि सुरुवाती मापनमा ३.३ डिग्री सेल्सियस देखिएको काठमाडौंको न्यूनतम तापक्रम पछि बिहान ८ः४५ बजे घटेर ३ डिग्री सेल्सियसमा झरेको थियो ।