तोलामा २१ सयले बढ्यो सुन

काठमाडौं ।साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यमा गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार प्रतितोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।