विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशतले हस्ताक्षर गरेको दाबी
काठमाडौं। नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरेका छन्।
विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशतले हस्ताक्षर गरेको दाबी गरेका हुन्। सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने,६३ प्रतिशत हस्ताक्षर कट्यो। प्रतिनिधि अझै आउने क्रम जारी छ। हामी ७० प्रतिशत पुर्याएर देखाइदिन्छौ।
सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय नेताहरूले असहमति राखिरहेका छन् । यता विशेष महाधिवेशनमा भने बन्दसत्रको काम अघि बढिसकेको छ।
