प्रहरी भन्दै लुटपाट गर्ने नक्कली प्रहरी केसी पक्राउ
काठमाडौं । प्रहरी भन्दै लुटपाट गर्दै हिँडेको आरोपमा नक्कली प्रहरी समातिएका छन्।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ का ३३ वर्षीय आकाश भनिने विक्रान्त केसी छन्।
उनले २५ पुसमा सिनामंगलमा केही व्यक्तिलाई आफू प्रहरी बताउँदै लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए।
पक्राउ परेका केसीको कोठा खानतलासी गर्दा लागु औषध र सुनका सिक्री,मुन्द्रा बरामद भएको छ। उनीविरुद्ध प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ।
