आज माघ ०१ गते बिहिबार,यस्तो छ तपाईको राशिफल

मेष- विगतको सफलताले थप काम गर्न हौसला दिनेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा केही अवरोध आउन सक्छ । सन्तान, अनुयायी वा मातृशक्तिको सल्लाह र सहयोगले फाइदा पुर्‍याउनेछ ।

वृष- नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । मनग्य धन आर्जन हुने समय छ । कामको चाप र थकाइ कम हुनेछ र विश्रामको अवसर मिल्नेछ । परिवारजनको साथले उत्साह बढाउनेछ । कामका सहयोगीहरू पछि हट्न सक्छन् भने प्रतिस्पर्धीहरूले चुनौती दिन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नु लाभदायी हुनेछ ।

मिथुन- आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिचान गर्न सकिनेछ । तर अरूका काममा समय खर्चनु पर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ । जिम्मेवारी प्राप्त भएपनि तत्काल फाइदा उठाउन सकिँदैन । खानपानको असावधानीले स्वास्थ्य कमजोर पार्न सक्छ।

कर्कट- शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूमा भर पर्नु जोखिमपूर्ण हुनेछ । मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकताहरू पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ । स्थायी सम्पत्तिमा विवाद आउन सक्नेछ, त्यसैले सतर्क रहनु लाभदायी छ ।

सिंह- खर्च लागेपनि टाढाको यात्रा गर्नुपर्ने स्थिति आउन सक्छ । दिगो फाइदा हुने काममा लगानीको अवसर मिल्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुख दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पुरा नहुन सक्छ ।

कन्या- मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा फाइदा हुनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ ।

तुला- वादविवादमा पर्ने योग छ, त्यसैले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसकेका योजना कार्यान्वयन नहुन सक्छ । छर छिमेकमा असमझदारी बढ्ने समय छ, त्यसैले सतर्क रहनु लाभदायी हुनेछ । अर्थ अभावले बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्दा पनि बुद्धि लगाउँदा लक्ष्य प्राप्त हुनेछ ।

वृश्चिक- चुनौतीहरू पार गर्दै रोकिएका काम पनि सम्पन्न गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जितेपनि आफ्नाले धोका दिन सक्ने अवस्था आउन सक्छ । समयमा हिम्मत नदेखाउँदा पछि पर्न सकिनेछ।

धनु- परिस्थितिले अप्ठ्यारा चुनौतीहरू ल्याए पनि प्रयत्न गर्दा सहयोगी मार्फत फाइदा लिन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु लाभदायी हुनेछ । समयमै सजग नबन्दा शुभचिन्तकहरू पनि टाढा हुन सक्छन् । मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ ।

मकर- विछोडिएका आफन्तसँग भेटघाट हुने अवसर मिल्नेछ । स्वादिष्ट भोजन र रमाइलो जमघटले आनन्द दिनेछ । अधिकारको लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउने व्यक्तिहरू पनि प्रशस्तै हुनेछन् । फजुल खर्च बढ्न सक्छ । मेहनतले विशेष उपलब्धि आर्जन हुने तथा मान सम्मान पनि बढ्ने समय छ।

कुम्भ-स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्नेछ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल भएपनि हिम्मतले काम लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

मीन- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नभएपनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तर दायित्व निभाउँदै पछि फाइदा हुने काम हात पार्ने अवसर मिल्नेछ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । खर्च बढ्नेछ ।