आज माघ १० गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष –प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सफलतापूर्वक सम्पादन हुनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । अघिल्ला सफलताले थप हौसला प्रदान गर्नेछ ।

वृष –अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतका साथ काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ भने सहयोगीहरू प्रशस्त भेटिनेछन् । मनग्य धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन –विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । वैदेशिक कामकाजबाट लाभ मिल्ने सम्भावना छ । मनको डर उत्साहमा रूपान्तरण हुनेछ । टाढाको यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ ।

कर्कट –मेहनत गर्दा नयाँ अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लागेपनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।

सिंह –अनावश्यक दौडधुपमा समय बित्न सक्छ । फाइदाका लागि योजना गोप्य राख्नु आवश्यक देखिन्छ । आर्थिक कारोबारमा विशेष सजगता अपनाउनु होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नी बीच घरायसी सल्लाह नमिल्न सक्छ । अनुकूल स्थानान्तरण तथा टाढाको यात्राको सम्भावना छ ।

कन्या –प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत हुनेछ । दीर्घकालीन फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभदायक कामको थालनी हुनेछ । साझेदारीमा पनि फाइदा मिल्नेछ । आयआर्जनका स्रोतहरू बढ्नेछन् ।

तुला –काम देखाएर विशेष उपलब्धि हासिल गर्न सकिनेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ । व्यवसायमूलक काममा राम्रो फाइदा हुनेछ । व्यापार व्यवसायबाट लाभ बढ्नेछ । आम्दानी बढेपछि परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ ।

वृश्चिक –प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । अघिल्ला कर्मको प्रतिफल प्राप्त हुनेछ र कामको चापबाट केही फुर्सद पनि मिल्नेछ । फाइदाको पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखिन सक्छ ।

धनु –बोलीकै भरमा काम सम्पादन हुने योग छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमार्फत व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष गर्नुपर्ने हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरेपनि गइसकेको अवसर जोगाउन सकिनेछ ।

मकर –विभिन्न भौतिक साधन जुट्नेछन् । उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । भौतिक सुविधा प्राप्त भई प्रसन्नता मिल्नेछ ।

कुम्भ –सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिन सक्छ । आर्जित धन खर्च हुने सम्भावना छ । तर आफ्नै प्रयासले लाभ मिल्नेछ । विभिन्न अवसरहरू पछ्याउँदै आउनेछन् । भविष्यका लागि विशेष कामको जग बसाल्ने मौका प्राप्त हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मीन –पुराना समस्याले केही झमेला निम्त्याउन सक्छ । दाम्पत्य जीवनमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले समस्या आउन सक्छ । पशुपालन र कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ ।