हुम्लाको सिमकोटमा हिमपात

हुम्ला । हिमाली हुम्लाको सदरमुकाम सिमकोटमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । हरेक वर्ष मंसिर महिनादेखि नै सुरू हुने हिमपात यस वर्ष माघ महिनामा सरेको हो ।
लामो समय हिमपात नहुदाँ हुम्ली कृषकहरू चिन्तित बनेका थिए । कात्तिक महिना लगाएको जेठासी बाली सुक्दै गएपछि यहाँ कृषकहरू चिन्तित बनेका थिए । माघ महिनामा हिउँ परेपछि कृषकहरूको मुहारमा खुसि छाएको छ ।
जल तथा मौसम विज्ञान विभागले हिमपातको पूर्वानुमान गर्दै सूचना जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय हुम्लाले सचेत गराएको हो।
हिमपात भएकपछि उच्च सर्तकता अपनाउन प्रशासनले अनुरोध गरेको छ । हुम्लासहित मुगु, जुम्लामा पनि हिमपात भएको छ।
