कांग्रेस सभापति थापा आज सर्लाही जाँदै,कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन् । सभापति थापाको सचिवालयका अनुसार उनी आज बिहान साढे १० बजेको उडानमार्फत सिमरा हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ ।

थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही– ४ बाट उम्मेदवार रहेका छन् । वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा जान लागेका हुन् ।

उनले आज बागमती पुल, कर्मैयामा राजनीतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ ।