सुनको मूल्य हालसम्मकै उच्च,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कायम थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ।
