आज राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं। आज राष्ट्रिय सभाको बैठक बस्दै छ। संघीय संसद सचिवालयका अनुसार आज दिउसो १:१५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्दै छ।
आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ।
त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन् शेर्पाले संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
