नेपालमा विपद्-९ महिनामा ४ सय ३१ जनाको मृत्यु

काठमाडौं। विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८२ वैशाख १ गतेदेखि माघ १२ गतेसम्मको अवधिमा नेपालमा बाढी,पहिरो,भारी वर्षा चट्याङ,सर्पदंश, आगलागी, वन डढेलो, हावाहुरी, जनावरको आक्रमण, लेक लाग्नु, हिउँ पहिरो आदि गरी ६ हजार ११४ वटा विपद्का घटनामा ४ सय ३१ जनको मृत्यु भएको हो।

विपद्का घटनामा परी एक हजार ६ सय ७१ जना घाइते भएका छन् भने ३८ जना बेपत्ता छन्। विपद्का घटनामध्ये सबैभन्दा बढी सर्पदंश ९सर्पको टोकाइ० बाट ९७ जनाको मृत्यु भएको छ।

त्यस्तै आगलागीमा परी ७५, पहिरोमा परी ७१, चट्याङ लागेर ४४, जनावरको आक्रमणमा परी ४३, बाढीमा परी ३७, लेक लागेर ३५, हावाहुरीमा परी ८, भारी वर्षाका कारण ७, हिउँ पहिरोमा परी ६ र वन डढेलोमा परी एकजनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सोही अवधीमा बाढीमा परी २७, पहिरोमा परी ५,हिउँ पहिरोमा परी ५ र जनावरको आक्रमणमा परी एकजना गरी ३८ जना बेपत्ता भएका छन्। विपद्का घटनाबाट उक्त अवधीमा ११ हजार ७ सय ३२ परिवार प्रभावित भएका छन्।