हुम्लामा फेरि भारी हिमपात

फाइल तस्बिर

हुम्ला । हुम्लामा फेरि हिमपात सुरु भएको छ । सदरमुकाम सिमकोट र उतरी क्षेत्र नाम्खा गाउँपालिकामा भारी हिमपात भएको हो ।

मंगलबार साँझदेखि हिमपात सुरु भएको हो । स्थानीयका अनुसार दुई फिटभन्दा धेरै हिउँ जमेको छ ।

हिमपातले कृषकहरूलाई राहत महसुस भएको छ । खेतबारीको जेठासे बाली राम्रो हुने भएपछि कृषकहरू खुसी भएका हुन् । तर, जन जनजीवन भने कष्टकर बन्न थालेको छ।