कैलालीमा ट्रयाक्टर दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं। कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

मंगलबार बिहान टीकापुरबाटै भजनीतर्फ जाँदै गरेको भे१त ४५५६ नम्बरको ट्र्याक्टर टीकापुर नगरपालिका-७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भजनी नगरपालिका९७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरिया गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् । उनलाईउपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ।