सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिन सरकारको स्वीकृति
काठमाडौं। सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्बाट फिर्ता लिन स्वीकृति दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको सरकारका स्रोतले जनाएका छन् ।
यसै बैठकले निर्माणाधीन संघीय संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्न सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्ने निर्णयसमेत गरेको छ।
