देशको नेतृत्व गर्न आएका हौं,कसैलाई प्रधानमन्त्री बनाउन होइन: कुलमान

जनकपुरधाम। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अरु कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं देशको नेतृत्व गर्न राजनीतिमा आएको बताएका छन्।

चुनावी कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका घिसिङले आज बिहान सञ्चाकर्मीसँगको भेटघाटमा भने, ‘देशको लिड गर्न हामी आएका छौं। अरु कसैलाई प्रधामन्त्री बनाउन आएका होइनौं । हामी नै यो देशमा परिवर्तन गर्नेछौं।

उनले धेरै सिटमा उज्यालो अभियान पार्टी प्रतिस्पर्धामा रहेको जिकिर गरे।

हिजो व्यक्ति र पार्टीलाई मत दिए पनि अब देशको समृद्धिका लागि मतदान गर्न उनले आह्वान गरे। जेनजी आन्दोलन पश्चात आएको नयाँ पार्टी उज्यालो नै रहेको बताउँदै नयाँलाई विश्वास गर्न गरेर काम गर्ने अवसर दिन आग्रह गरे।