निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन्।उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्।

एमाले अध्यक्ष ओलीले भने १८, ७३४ मत प्राप्त गरे। उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो।

झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो। काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो।