डडेल्धुरामा ढल्यो देउवाको बिरासत,रास्वपा उम्मेदवार जोशी विजयी

काठमाडौं। नेपाली कांग्रेसका निर्वतानमा सभापति शेरबहादुर देउवाको गृहजिल्लामा नेपाली कांग्रेस पराजित भएको छ। डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तारा प्रसाद जोशीले हराएका हुन्।

जोशीले कांग्रेसका उम्मेदवार नैन सिहं महरलाई ७०१० को भारी मतान्तरले हराएका हुन्। जोशीले १९१३१ मत ल्याएका हुन्। कांग्रेस उम्मेदवार महरले १२१२१ मत ल्याएका हुन्। त्यस्तै, नेपाली कम्युसनिस्ट पार्टीका उम्मेदवार मान सिह मालले ६८३४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार चक्र प्रसाद स्नेही २९२६ मत ल्याएका हुन्।

यो निर्वाचन क्षेत्रा नेपाली कांग्रेसको विगत लामो समय देखिको किल्ला हो जहाँ अरू दलहरूको ठक्कर दिन सक्ने मत ल्याउन सक्दैन थिए । तर, गत निर्वाचनमा नै स्वतन्त्र उठेका सागर ढकालले देउवालाई कडा टक्कर दिएका थिए । स्वतन्त्रबाट प्रदेशसभा सदस्य जितेका जोशीले कांग्रेसको किल्ला भत्काएका हुन् ।