अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लेखक तथा पत्रकार केन्द्रको ऐक्यबद्धता
काठमाडौं। आज विश्वभर ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला मुक्ति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सन् १९११ मार्च ८ देखि सुरु भएको यो दिवस श्रमिक महिलाको अधिकार,समानता र मुक्ति आन्दोलनसँग जोडिएको ऐतिहासिक दिनका रूपमा लिइन्छ।
विश्व राजनीतिक परिस्थिति जटिल रहे पनि श्रमिक महिला मुक्ति आन्दोलनलाई संगठित गर्दै अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रयास सफल भएको इतिहासकारहरूले बताउँछ।
यस अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले विज्ञप्ति जारी गर्दै ऐतिहासिक आन्दोलनका संस्थापक महिला नेतृहरूप्रति सम्मान व्यक्त गरेको छ। केन्द्रले श्रमिक महिलाको अधिकार, समानता र सामाजिक न्यायका पक्षमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका ऐतिहासिक योगदानको स्मरण गरेको जनाएको छ।
केन्द्रले जारी गरेको सन्देशमा श्रमिक महिला मुक्ति आन्दोलन लिङ्गीय समानता र वर्गीय मुक्ति दुवैसँग सम्बन्धित आन्दोलन भएकाले सामाजिक न्याय र समानतामूलक समाज निर्माणका लागि सबै प्रगतिशील शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ।
