नेकपाले कुन-कुन क्षेत्र जित्यो,कहाँ छ अग्रता ?
काठमाडौं। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ६ सिट जितेको छ। नेकपाले हालसम्म ६ सिट जितेको छ भने २ ठाउँमा अग्रता लिएको छ।
रोल्पाबाट वर्षमान पुन २७,४६० मत लिएर विजयी भएका छन् भने सल्यानबाट २३,१८९ मत लिएर रमेशकुमार मल्ल विजयी भएका छन्। यस्तै, रूकुम पश्चिमबाट २१,६०९ मत लिएर गोपाल शर्मा विजयी भएका छन्।
यसैगरी, कालीकोट-१ बाट ११,७३४ मत लिएर महेन्द्रबहादुर शाही विजयी भएका छन् भने रूकुम पूर्व – १ बाट १०,२४० मत लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्।
यस्तै, डोल्पा –१ बाट ६,८०२ मत लिएर धनबहादुर बुढा विजयी भएका छन्।
यसैगरी, सिन्धुपाल्चोक – २ मा १५,०५६ मत लिएर युवराज दुलालले अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वंशलाल तामाङले १२,६५० मत लिएका छन्।
यता, धनुषा-१ बाट मातृकाप्रसाद यादवले ७,५६६ मत लिएर अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामपलटन साहले ७,४२८ मतसहित उनलाई पछ्याइरहेका छन्।
