सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। सोमबार सुनको मूल्य सामान्य बढ्दा चाँदी घटेको छ। यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
विगत डेढ महिनामा सुनको मूल्य करिब तोलामा ३० हजार घटेको छ। यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ।
यस्तै चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत माघ १५ गते चाँदी हालसम्मकै उच्च प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ।
