नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा भएको भ्रष्टाचारको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ।
मन्त्रालयको सचिव स्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको हो। अध्ययन समितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन म्याद दिइएको छ।
नेपाल एयरलाइन्सको वेथिति र जहाजमा भएको भ्रष्टाचार लगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवं छानबिन गरी कार्यान्वयनको कार्यायोजनासहितको प्रविनेदन बुझाउन कार्यादेश दिइएको छ।
एयरलाइन्समा भएको भ्रष्टाचारको छानबिन गर्न माग गर्दै प्रतिनिधि सभाका नवनिर्वाचित सांसद सुदन गुरुङले गत फागुन २८ गते ज्ञापनपत्र बुझाएका थिए। उनले जहाज खरिददेखि मर्मसम्मका कार्यमा भ्रष्टाचार भएको भन्दै केही प्रमाण पनि बुझाएको जनाएका थिए।
