बालेन क्याबिनेटमा गृहमा डीपी र अर्थमा स्वर्णिम लगभग निश्चित,अन्य को-को बन्दैछन् मन्त्री ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको तयारी गरेको छ। चैत १२ गते सांसदहरुको सपथपछि चैत १३ गते प्रधानमन्त्रीले सपथ लिने तयारी भइरहेको हो।
प्रधानमन्त्रीको सपथ कार्यक्रममा रास्वपाले विदेशी राष्ट्राध्यक्षहरूलाई निम्तो दिने गरी छलफल भइरहेको पनि बताइएको छ।
चैत १३ गते रास्वपाका वरिष्ठ नेता शाहले प्रधानमन्त्रीको शपथ लिने छन्।
सरकार गठन तयारी लगायत विभिन्न विषयमा बिहीबार साँझ रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल भएको थियो।
रास्वपा नेताहरुका अनुसार हालसम्म १५ देखि १८ मन्त्री नियुक्त गर्नेगरी तयारी भइरहेको छ। जसमा अहिलेसम्म प्रधानमन्त्री बालेनसँगै गृहमन्त्री डीपी अर्याल, अर्थमन्त्री स्वर्णिम वाग्ले बन्ने लगभग निश्चित भएको रास्वपा स्रोतको दाबी छ।
रास्वपाका प्रस्तावित महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, सांसदहरू सोबिता गौतम, शिशिर खनाल, सस्मित पोखरेल, राजुनाथ पाण्डे, विराजभक्त श्रेष्ठ पनि मन्त्री बन्ने चर्चा छ।
