नेपाली राजनीतिको पुस्तान्तरण उल्टाउनै नसक्ने गरी भयो: भट्टराई
काठमाडौं। पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आम निर्वाचनको परिणामले नेपाली राजनीतिको पुस्तान्तरण अब उल्टाउनै नसक्ने गरी भएको दाबी गरेका छन् ।
४० बर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८ प्रतिशत हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसकेको भन्दै उनले यो तथ्यलाई आत्मसात गर्न नसक्ने दल र नेतृत्वको भविष्य के हुन्छ आफै बुझ्ने कुरा भएको बताएका छन् ।
उनले भनेका छन्, ‘२०८२ को आमनिर्वाचन परिणामको व्याख्या विभिन्न ढंगले लामो समयसम्म हुनेनै छ। तर एउटा सर्वस्वीकार्य तथ्य के हो भने यसले नेपाली राजनीतिको पुस्तान्तरण अब उल्टाउनै नसक्ने गरी गरेको छ! ४० बर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८%हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो। यो तथ्यलाई आत्मसात गर्न नसक्ने दल÷नेतृत्वको भविष्य के हुन्छ आफै बुझ्ने कुरा हो ।
