लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै: गोकुल बास्कोटा

काठमाडौं । नेपालको विरोधलाई बेवास्ता गर्दै भारतले नेपाली भूमि लिपुलेक पास प्रयोग गरेर चीनसँग व्यापार गर्ने तयारी गरेकोबारे नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले निराशा व्यक्त गरेका छन्।

पाँच वर्षदेखि बन्द नेपालको लिपुलेक क्षेत्र भएर जाने भारत-चीन व्यापार मार्ग भारतले आगामी जुन १ तारिखदेखि खुलाउने घोषणा गरेपछि एमाले नेता बास्कोटाले आइतबार सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै भइहाल्यो। एक सय बीस अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो। यस्तै हो-शक्ति र समयको संयुक्त प्रहार !