देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ ।

देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्‍याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए ।

उनका अनुसार देशभरिका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनका आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलनको काम गर्ने दिए ।

अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ। ती कर्मचारीलाई तालिम दिनेछौँ, उनले भने,अनि हामी ती कर्मचारीलाई तथ्याङ्क सङ्कलन गर्न अस्पतामा पठाउँछौँ ।

उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी सङ्ख्यालगायत तथ्याङ्क सङ्कलन गरिनेछ ।

कार्यालयले प्रत्येक १०/१० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने भने तापनि केही वर्ष ढिलाइ भएको उनको भनाइ छ । सन् २०१३ मा भएको सर्वेक्षणमा निजी स्वास्थ्य संस्थाको मुलुकको कुल गार्हस्थ उत्पदानमा एक प्रतिशतभन्दा कम योगदान रहेको कार्यालयका निर्देशक बरालले जानकारी दिए ।

त्यतिबेला एकसय वटा अस्पतालमा सर्वेक्षण गरिएको थियो । यसपटक भने देशभरि दुई हजार ५५१ अस्पतालमा सर्वेक्षण गरिने तयारी गरिएको छ ।