आज चैत ०९ गते सोमबार,यस्तो छ तपाईको राशिफल

मेष- आज तपाईंलाई अल्छीपनले सताउन सक्छ । शरीरमा रोग लाग्नाले धनको पनि क्षति हुन सक्छ । पेट सम्बन्धी समस्याले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोस् । स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

वृष- परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने सम्भावना छ । तपाईंको बुद्धिको सही प्रयोगले चिताएका काममा सफलता मिल्नेछ । अन्नको लाभ हुनेछ भने परिवारजनका आकांक्षा पनि पूरा गर्न सक्नुहुनेछ । आज कसैबाट समर्थन तथा धन प्राप्त हुने योग छ।

मिथुन- आज चिताएको काममा सफलता मिल्नेछ र धन लाभ पनि हुनेछ । कसैबाट सहयोग प्राप्त हुनेछ । पुराना साथीसँग भेटघाट हुँदा मन रमाउनेछ । अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभूति प्राप्त हुनेछ।

कर्कट- शरीरमा सामान्य रोगले सताउन सक्छ, तर सामाजिक सम्मान भने प्राप्त हुनेछ । यात्राको योग पनि रहेको छ । अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनमा दिन बित्नेछ । रमणीय र सुखद यात्राको सम्भावना छ।

सिंह- आज आर्थिक पक्ष खासै राम्रो देखिँदैन । नसोचेको तथा अनावश्यक क्षेत्रमा खर्च हुन सक्छ, सावधान रहनुहोस् । सामान्य रोगले सताउन सक्छ । भौतिक सर सामानमा क्षति हुने सम्भावना छ । आर्थिक अभाव देखिन सक्छ, त्यसैले होसियारी अपनाउनुहोस्।

कन्या- बिहान सुखद अनुभव हुनेछ तर बेलुकातिर काममा मन नलाग्न सक्छ । नबन्ने भनेका काम पनि अथक प्रयासले बन्न सक्छन् । आफन्तको सहयोग प्राप्त हुनेछ। नसोचेको भेटघाटले मन प्रफुल्लित हुनेछ, तर सबै काम सोचे अनुसार सम्पन्न नहुन सक्छ।

तुला- आज आम्दानीको राम्रो योग रहेको छ । नचिताएको ठाउँबाट आय आर्जन हुन सक्छ । आम्दानीका विभिन्न स्रोतहरू खुल्नेछन् । व्यापार व्यवसायमा राम्रो लाभ हुनेछ । आवश्यक र उपलब्धिमूलक यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ।

वृश्चिक- नयाँ कामको थालनीका लागि आजको दिन राम्रो छ । परिवारमा केही आर्थिक समस्या आउन सक्छ । काम प्रति उत्साह बढ्नेछ र धन लाभ हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नयाँ योजना बनाउँदा फाइदा हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्ने सम्भावना छ ।

धनु –आज अनावश्यक डरले सताउन सक्छ, सतर्क रहनुहोस् । कसैसँग सामान्य मनमुटाव हुन सक्छ । निर्णय लिन नसक्दा काममा अवरोध आउने र चिन्ता बढ्ने सम्भावना छ । स्वास्थ्यमा अचानक समस्या आउन सक्छ । चोट पटकको जोखिम पनि देखिन्छ ।

मकर- आज तपाईंले अरूबाट आदर पाउनुहुनेछ, तर काम प्रति मन खासै नलाग्न सक्छ । धन मान प्राप्त हुने योग छ । जागिर तथा राजनीतिमा आफ्नो प्रभाव बढाउन सक्नुहुनेछ । विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय हो ।

कुम्भ- आज तपाईंले सोचेका काम पूरा हुनेछन् र सुखको अनुभव हुनेछ । आर्थिक कारोबार राम्रो हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल मिल्नेछ । कृषि कार्यबाट पनि लाभ मिल्ने सम्भावना छ ।

मीन- नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर परिवारमा सामान्य विवाद हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । खानपानमा विशेष ध्यान दिनु राम्रो हुन्छ । विभिन्न उपहार प्राप्त हुनेछन् र आयआर्जन पनि राम्रो हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ ।