नयाँ सरकारमा मन्त्री बन्ने चर्चाको कुलमान घिसिङद्वारा खण्डन

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने सरकारमा आफू मन्त्री बन्न लागेको भन्ने हल्ला गलत भएको बताएका छन् ।

पूर्व ऊर्जामन्त्रीसमेत रहेका घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुन लागेको भनी सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

‘नेपालको संविधानअनुसार गैरसांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु’, उनले भनेका छन्, ‘जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।

सरकारमा सहभागिताबारे अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको जानकारी पनि उनले जानकारी गराएका छन्।