हुम्लामा बच्चा जन्माउन नसकेपछि गर्भवतीको हेलिकप्टरबाट उद्धार

फाइल तस्वीर

हुम्ला। हुम्लामा प्रसुती गराउन नसकेपछि एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ।

सिमकोट गाउँपालिका–४ बराउँसे गाउँकी २५ वर्षीया अस्मिता बुढालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

जिल्ला अस्पताल हुम्लामा सुत्केरी गराउन नसकेपछि बुढालाई सुर्खेतस्थित प्रार्देशिक अस्पताल सुर्खेत रेफर गरिएको सुत्केरीका श्रीमान उत्सव लामाले जानकारी दिए।