बालेन्द्र शाहलाई बधाई दिँदै चीनले भन्यो– सहकार्य सुदृढ बनाउन तयार छौं
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहलाई चिनियाँ विदेश मन्त्रालयले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नेपाल स्थित चिनियाँ दूतावासमार्फत सन्देश पठाउँदै नेपालसँग व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएका छन्।
‘चीनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेकोमा हार्दिक बधाई दिएको छ,नेपालस्थित चिनियाँ दूतावासले विदेश मन्त्रालयका प्रवक्ता जियान्सको फोटोसहितको सन्देश फेसबुकमा राख्दै भनिएको छ,नेपालको नयाँ सरकारसँग मिलेर परम्परागत मित्रता र व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएको छ।
