हर्क साम्पाङ भन्छन्: गल्ती गर्ने नेता,दुख पाउने विचरा प्रहरी

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज (साम्पाङ) राईले नेताको अकर्मन्यताले प्रहरीले दुस्ख पाउने गरेको बताएका छन्।

शनिबार एमाले अध्यक्ष ओली पक्राउ परेपछि त्यसविरुद्ध प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको सन्दर्भमा उनले यस्तो बताएका हुन्।

सामाजिक संजालमार्फत उनले भनेका छन्,नेताको अकर्मन्यता! प्रहरीको बिजोग !गल्ती गर्ने नेता! दुस्ख पाउने प्रहरी! बिचरा प्रहरी !
गीतको प्रशंग उल्लेख गर्दै साम्पाङले प्रहरी आफैलाई लिमाम गरी खेतालामा जिउनुपर्ने अवस्थाको बनाइएको बताएका छन्।

उनले भनेका छन्–कहिले यसको हुनु पर्ने! कहिले उसको हुनु पर्ने ! आफैलाई लिमाम गरी खेतालामा जिउनु पर्ने ! खेतालामा जिउनु पर्ने! भन्ने गीतको याद आउँछ!