एमालेले आज ७७ वटै जिल्ला विरोध पत्र बुझाउदै
काठमाडौं । अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता कार्यकर्ताहरुले आजपनि देशभर प्रदर्शन गर्ने भएका छन् ।
एमाले सचिवालय बैठकको निर्णय अनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
शनिबार बिहान ओली पक्राउ परेपछि एमाले आन्दोलित भएको छ । शनिबार काठमाडौँको माइतीघर, भृकुटीमण्डपमा प्रदर्शन भएका थिए भने विभिन्न जिल्लामा विरोध प्रदर्शन भएका थिए।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शुक्रबार बालेन नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्यवन गर्ने निर्णय गरेसँगै शनिबार बिहान ओेली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।

