यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए
काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको हो। उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख दिने गरेको प्रहरीले बताएको छ।
फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धानअघि बढाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
