सहकारी पीडितको रकम फिर्ता गर्नेबारे मन्त्रिपरिषद्‌मा छलफल

काठमाडौं। सहकारी पीडितको रकम फिर्ता गर्ने विषयबारे मन्त्रिपरिषद्‌मा छलफल भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको तर कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए।

उनका अनुसार १ लाखभन्दा कम वाचा भएकालाई प्राथमितामा राखेर कसरी भुक्तानी गर्ने भनेर छलफल भएको हो । ‘यो विषय वाचापत्रमा पनि छ । संवेधनशील छौं,’ उनले भने।

सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने आफ्नो कार्यसूचीमा पनि उल्लेख गरेको थियो ।

साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ। जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएका बेला सरकारले रास्वपाको वाचापत्र अनुसार नै उक्त विषय कार्यसूचीमा समेटिएको बताएको हो।